यी हुन मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूची)

सरकारले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई इन्टरपोल महासभामा भाग लिन जान स्वीकृति दिएको छ ।

असोज ८ गते बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक थापासहित प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई सो महासभामा भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।

इन्टरपोल महासचिवालयको आयोजना सन् २०२० डिसेम्बर ७ देखि ८ सम्म संयुक्त अरब इमिरेट्समा महासभा हुँदैछ ।

त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा।दिपककुमार भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

असोज ८ र ११ गते बसेको मन्त्रिपरिषदका बैठकका यीसहित २५ निर्णय तलको तालिकामा हेर्नुहोस् : 

१२ असोज २०७७, सोमवार २०:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु