कक्षा १२ को परीक्षा दशैं पछाडि मात्रै गर्ने निर्णय

कक्षा १२ को परीक्षा दशैं पछाडि मात्रै गर्ने निर्णय भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशैं अगाडि नै गर्ने तयारी गरेको थियो । तर, कोरोना भाइरसको संक्रमण कम नभएका कारण तयारी गर्न नभ्याउने भन्दै दशैं पछि मात्रै परीक्षा लिने निर्णय आन्तरिक रुपमा गरेको छ ।

‘कक्षा १२ को परीक्षा अब दशैं पछि छठ लगत्तै हुन्छ’ बोर्ड स्रोतले जानकारी दियो । भएको छ ।

बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ । कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निर्णय गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

उनले कक्षा ११ को परीक्षा र मार्किङको कार्यविधि पनि पारित गरेको जानकारी दिए ।

उनका अनुसार विद्यालयले कक्षा ११ को परीक्षा लिँदा बोर्डले यसअघि लिएको जस्तै गरी लिनुपर्ने र प्रमाणीकरण एवं मूल्यांकन पनि विद्यालयले गर्नुपर्नेछ ।

बोर्डले पारित गरेको कार्यविधिअनुसार कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्यांकन विद्यालयले नै गर्ने, कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ ।

सोहीअनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रमअनुसारै प्रश्नपत्र निकाल्नु पर्नेछ । कार्यविधिअनुसार कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन् ।

७ असोज २०७७, बुधवार १७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु