११७२ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस कोभिड-१९को संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
७ असोज २०७७, बुधवार १६:४१ बजे प्रकाशित