मनपरेका टिकटक भिडियो कसरी मोबाइलमा ‘सेभ’ गर्ने, यि हुन तरिका

टिकटक चलाउँदा हामी धेरै रमाइला भिडियो बनाउँछौं। आफूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भिडियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ।
त्यस्ता भिडियोहरु पछि आफैँलाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।
टिकटकले भिडियो मोबाइलमा राख्न मिल्ने सुविधा दिएपनि कतिपयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ।
यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियोहरु हामी ‘सेभ’ गर्न सक्छौँ।
सेटिङ मिलाएको छैन भनेपनि अपलोड भएका भिडियो पछि ‘सेभ’ गर्न सकिन्छ। यसको लागि केही प्रक्रियाहरु जान्नुपर्छ। जुन यहाँ दिइएको छ।
१। आफ्नो वा अरुको टिकटक भिडियो सेभु गर्न भिडियोमा एकैछिन थिचेर होल्ड गर्नु पर्छ। केहीबेरमा ‘सेभ भिडियो’ देखाउँछ। त्यसलाई क्लिक गरेपछि आफूलाई मन परेको भिडियो सजिलै मोबाइलमा ‘सेभ’ गर्न सकिन्छ। यो सबैभन्दा चाँडो तरिका हो।
२। अर्को, भिडियोमुनि देखिने कमेन्ट बक्सको दायाँतिर रहेको ‘सेयर बटन’ क्लिक गरेर भिडियोलाई आफ्नो क्यामरा रोलमा राख्न सकिन्छ। सेयर बटनबाट भिडियो अरु सामाजिक सञ्जालमा सेयर पनि गर्न सकिन्छ।
३। पहिले नै देखेको र लाइक गरिसकेको भिडियो सेभ गर्न आफ्नो टिकटक प्रोफाइलमा जानुपर्छ। प्रोफाइलको आफ्नो बायोमुनि रहेको मुटु आकारको ‘आइकन’मा क्लिक गर्नुपर्छ। यस ‘आइकन’ भित्र आफूले लाइक गरेको सबै भिडियो हुन्छ र त्यहीँबाट मनपरेका भिडियो सेभ गर्न सकिन्छ।
४। आफ्ना सबै टिकटक भिडियोहरु पछि मोबाइलमा सेभ गर्न भिडियो अपलोड गर्नुअघि सेटिङमा गएर ‘सेभ टु डिभाइस’ लेखिएको विकल्प क्लिक गर्नुपर्छ। यसो गर्दा ती टिकटक भिडियो मोबाइलको क्यामरा रोलमा बस्छ र भिडियो एकरएक गरी ुसेभु गर्नु पर्दैन।
७ असोज २०७७, बुधवार १३:०२ बजे प्रकाशित