कात्तिक ८ भित्रै क्लिनफिड लागू हुन्छ- सञ्चार सचिव बस्याल

सञ्चार सचिव हरिप्रसाद बस्यालले समयमै क्लिनफिड लागू हुने बताएका छन्।सोमबार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले यहि कात्तिक ८ गतेभित्र लागू हुने बताए।

सञ्चार सचिव बस्यालले भने, सञ्चार मन्त्रालयले विज्ञापन रहित प्रशारणका लागि सेवाग्राहीलाई आवश्यक निर्देशन दिएका पनि छौँ।मन्त्रालयले ०७७ कात्तिक ८ बाट क्लिनफिड लागू गर्ने तयारी गरेको छ, लागू गरि छाड्छ।

विज्ञापन बोर्ड गठन गर्नका लागि हप्तादिनभित्रै नियमावली पनि तयार हुने उनको भनाई छ।बोर्डलाइ चाहिने बजेट, जनशक्ति पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ। कार्तिक ८ गते भित्र कर्मचारी नियुक्ति, पदाधिकारी नियुक्ति लगायतका काम सकिने गरि काम भैरहेको उनले बताए ।

५ असोज २०७७, सोमवार १४:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु