नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भनेका छन् ।

बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्नेछ ।

४ असोज २०७७, आइतवार १५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु