अछाममा बाढीपहिरोबाट २ सय बढी परिवार विस्थापित

अछाममा बाढीपहिरोबाट २ सय बढी घरपरिवार विस्थापित भएका छन् ।

साउन र भदौ महिनामा अबिरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण २३५ परिवार विस्थापित भएका जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।

 

सबैभन्दा बढी रामारोशन गाउँपालिकामा १७१ परिवार विस्थापित भएका छन् भने तुर्माखाद गाउँपालिकामा २७,कमलबजार नगरपालिकामा ३०,चौरपाटी गाउँपालिकामा ७ र मेल्लेखका केही गरी २३५ परिवार विस्थापित भएका हुन् ।

 

बाढीमा परी ८ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता रहेका छन् । बाढी र पहिरोले सबै भन्दा बढी रामारोशन गाउँपालिकामा क्षति गरेको छ । गाउँपालिकाको २ हजार ७ सय ७८ खेती योग्य जमिन बाढीले बगाएको छ ।

 

रामारोशनका विस्थापित १७१ परिवारका ६ हजार ५ सय ३३ जनसंख्या प्रभाबित बनेको जिल्ला प्रशासन कार्यालयसंग तंथाक रहेको छ ।

बाढीले रामारोशनको १३ वटा झोलुङ्ग पुल,सडक,कैलाश खोलाको सम्पुर्ण तटबन्धन,१७ वटा सिचाई कुलो,१० वटा लघुजलविधुत र १८ वटा खानेपानी आयोजना पुर्णरुपमा नष्ट भएको छ ।

४ असोज २०७७, आइतवार १५:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु