नबिल ब्यांकले ल्यायो चाडपर्व योजना,

नबिल ब्यांकले ग्राहकरूलाई सेवा र सुविधा दिने उद्देश्यले चाडपर्व योजना ल्याएको छ। ब्यांकले धेरै ग्राहकलाई खुशी पार्ने उद्देश्यले यस्ता योजना ल्याएको बताएको छ।

 

धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभर ड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना शुरू गरेको ब्यांकले बताएको छ।

 

यस योजना अन्तर्गत १३ देखि २४ महीनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकलाई वार्षिक ९ प्रतिशतसम्म ब्याजदरमा सेवा दिने उल्लेख छ।

 

ब्यांकले १ वर्षसम्मको मुद्दती खातामा ८.५ प्रतिशत, २ वर्षभन्दा माथि र ५ वर्षसम्म ९.२५ प्रतिशत तथा सोभन्दा माथि वार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी नबिल चाडपर्व योजना ल्याएको ब्यांकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

ब्यांकले घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जा र व्यक्तिगत ओभर ड्राफ्टमा ७.९९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.४९ प्रतिशतको ब्याजदरमा एक वर्षसम्म परिवर्तन नगर्ने गरी यस्तो योजना ल्याएको ब्यांकका सञ्चार विभाग प्रमुख, कृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२ असोज २०७७, शुक्रवार १५:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु