कोरियामा २५ लाख व्यक्तिको रोजगारी गुम्यो, नेपाली पनि प्रभावित

रोजगारीका लागि नेपालीको आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित भएको छ।

जसका कारण यहाँ झण्डै २५ लाख जनाको रोजगारी गुमेको छ। गत अगस्टमा मात्रै २ लाख ७४ हजार जनाको रोजगारी गुमेका छन्।

तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगस्टमा ०।१ प्रतिशतबाट बढेर ३।१ प्रतिशत पुगेको छ। योसँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगस्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो।

यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीमा पनि देखिन थालेको छ। कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनी पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न बाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा तीन वा चार दिन मात्र काममा बोलाउनेलगायत कारण नियमित पाइरहेको आम्दानीमा गिरावट आउने तथा समयमा तलब पाउनसमेत मुस्किल भएको यहाँ श्रम गरिरहेका नेपालीले गुनासो गरेका छन्।

एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले भने आम्दानी तथा काम घटे पनि विदेशी कामदार विशेषगरी नेपाली अझै सुरक्षित रहेको दाबी गरे। कम्पनी बन्द भई बोरोजगार भएँ भन्ने एकाधबाहेक सुन्नु नपरेको र थोरै भए पनि आम्दानी भइरहनु सुखद कुरा भएको उनको भनाइ छ।

कोरियामा श्रम गर्ने नेपालीको भिसा ९इ–९० बलियो हुने र उनीहरूलाई कुनै समस्या परे श्रम नियमानुसार अधिकार लिन र कम्पनी परिवर्तन गरेर भए पनि रोजागरी बचाइराख्न सक्ने भएका कारण नेपालीलाई खासै चिन्ता नहुने उनको दाबी छ।

यहाँका मझौला तथा ठूला कम्पनी विशेषतः बाह्य निर्यातमा निर्भर छन्। कोरोना माहामारीका कारण निर्यात घट्दा त्यसको प्रत्यक्ष असर साना कम्पनीलगायतमा पर्दा यहाँको श्रम बजारमा उथलपुथल देखिएको हो।

३० भदौ २०७७, मंगलवार ००:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु