उपत्यकामा एकै दिन कोरोनाबाट ८ जनाको मृत्यु

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु भएकामध्ये काठमाडौँ उपत्यकामा मात्र आठ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लाका छ र ललितपुर तथा भक्तपुरका एक÷एक जना रहेका छन् ।

उनका अनुसार मोरङका ४० र ७० वर्षीय दुई पुरुष, काठमाडौँका ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीया र ६१ वर्षीया महिला रहेका छन् । यस्तै ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष, रामेछापका २३ वर्षीय पुरुष रहेका छन् ।

यस्तै गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीया महिला छन् । आजसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ३६० पुगेको छ । नेपालमा सङ्क्रमित हुनेबाट निधन हुने ०।६५ प्रतिशत रहेको छ ।

३० भदौ २०७७, मंगलवार ०४:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु