कुलमानलाई पुनः नियुक्ति माग्दै दीपकराज गिरी मैनबत्ति लिएर राति निस्किए
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति दिलाउन जनदबाबस्वरूप सोमबार रातिदेखि हरेक दिन ५ मिनेट बत्ती निभाउन कलाकार दीपकराज गिरीले सबैमा आग्रह गरेका छन्।
सोमबार फेसबुकमा स्टाटस लेख्दै कलाकार गिरीले ४ वर्षे कार्यकाल पूरा गरी आइतबार मात्र पदमुक्त भएका घिसिङलाई पुनः पदमा बहाली गराउन हरेक राति ८ बजे ५ मिनेट बत्ती निभाएर दबाब दिन आम नागरिकमा अपिल गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘आदरणीय साथीहरू १ कुलमानजीको पुनःनियुक्तिका लागि जनदबाबस्वरूप आजबाट हरेक साँझ ८ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता प्रकट गरौँ।’
सोमबार बिहान यस्तो स्टाटस लेखेका कलाकार गिरीले राति बत्ती निभाएर मैनबत्ती बालेको तस्बिर राख्दै फेसबुकमा पुनस् लेखेका छन्( गुडनाइट फ्रेन्ड्स।
३० भदौ २०७७, मंगलवार ००:२६ बजे प्रकाशित













