भेटेरिनरी पसल सञ्चालक लागु पदार्थ कारोबारमा लागेपछि कथाले अर्कै मोड लियो !
भेटेरिनेरी पसल सञ्चालकले नै लागुपदार्थको कारोबार गरेको खुलेको छ।
झापाको विर्तामोड नगरपालिका–३ बाट लागुऔषध ब्राउन सुगरसहित भेटेरिनेरी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेपछि त्यस्तो खुलेको हो।
विर्तामोड–३ मा रहेको गोपाल एग्रोभेट्सका सञ्चालक गोपाल गौतमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ।
गोपाल गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेट्समा लागुऔषध ब्राउन सुगरको कारोबार हुने गरेको सूचनाका आधारमा शुक्रबार दिउँसो ४ बजे प्रहरीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटमा छापा मार्दा २२ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको हो।
गौतममाथि अनुसन्धान भइरहेको इप्रका अनारमनी विर्तामोडले जनाएको छ।
२७ भदौ २०७७, शनिवार १६:०५ बजे प्रकाशित












