शनिवार देशभर सामान्य बदली, केही चट्याङसहित वर्षा
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।
यसकासाथै पश्चिम बंगाल नजिक न्युन चापीय क्षेत्रको पनि विकास भएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र प्रदेश २ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
२७ भदौ २०७७, शनिवार ०८:३५ बजे प्रकाशित












