वीरगञ्जमा ६० वर्षीय संक्रमितको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

वीरगञ्जमा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि

उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।

ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

२३ भदौ २०७७, मंगलवार ११:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु