केएमसीको अध्यक्ष बन्नेबित्तिकै डा। शर्माद्धारा ओपिडी सेवा निःशुल्क

च्सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ओपिडी सेवा निशुल्क गरेको छ।

नवनियुक्त अध्यक्ष डाक्टर सुनिल शर्माका अनुसार अस्पतालले बिहीबारबाट लागू हुनेगरी ओपीडी निःशुल्क गरेको हो।

यसअघि अस्पतालले प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिँदै आएको थियो। डाक्टर शर्मा गत सोमबारदेखि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलको अध्यक्ष बनेका हुन्।

उनी विराटनगरस्थित नोबल अस्पताल तथा मेडिकल कलेजका संस्थापक तथा सञ्चालक पनि हुन्। बिरामीहरुलाई उपचारमा सहुलियत प्रदान गर्न ओपीडी निःशुल्क गरिएको अध्यक्ष डाक्टर शर्माले  बताए।

काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेकाले दुवैमा ओपीडी निःशुल्क हुनेछ।

२२ भदौ २०७७, सोमवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु