काठमाडौंको बुद्धनगरमा एक व्यक्ति मृत फेला

काठमाडौंको बुद्धनगरस्थित एक सैलुनका सञ्चालक सैलुनभित्रै मृत अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा प्रमुख डीएसपी दक्षबहादुर बस्नेतका अनुसार न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

सोमबार बिहान सवा ९ बजेतिर उनको शव भेटिएको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रहरी पुग्दा उनको शैलुनको आधा सटर खुलेको थियो । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल दुवाकोट लगिएको छ।

२२ भदौ २०७७, सोमवार १२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु