अनशन रोकेर जुम्लाका ग्रामिण बस्तीमा उपचार गर्न पुगे डाक्टर केसी

चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा गोविन्द केसी विशेषज्ञ स्वास्थ्य सेवा दिन जुम्लाका ग्रामिण बस्तीमा पुगेका छन्।

कोरोनाको डरले रोग पालेर बसेका स्थानिय लाई उपचार गर्न डाक्टर केसी जुम्लाको ग्रामिण बस्तीमा पुगेका हुन्।

कोभिड महामारीका कारण आफ्नो सत्याग्रह स्थगित गरेका उनी औषधिको झोला बोकेर सिँजा क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न पुगेका हुन्।

भदौ १८ गतेदेखि सत्याग्रहको घोषणा गरेका केसीले जुम्लाबासीको आग्रहमा स्थगित गरेर गाउँ तिर स्थानीयको उपचार गर्न पुगेका हुन्।

‘यो समयमा गाउँका बिरामीको उपचार गर्छु।’ उनले भने ‘कोरोनाको त्रासले गर्दा रोग पालेर बसेका दुरदराजका नागरिको उपचार गर्नु मेरो धर्म हो।’ भदौ १९ गते नै गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा दिने तयारी भएपनि अस्पतालको फार्मेसीको औषधि किन्न जाने क्रममा प्रवेश गर्न नदिएपछि एक दिन ढिला भएको बताए।

डा केसीले सहयोगी मार्फत फार्मेसीको औषधि किनेर उपचार गर्न गाउँतिर गएका हुन्। कनकासुन्दरी गाउँपालिकाको हाडसिँजा स्वास्थ्यचौकीमा विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको डा। केसीले बताए।

उनी अब केही दिन सिँजा क्षेत्रतिर स्वास्थ्य सेवा दिएर बस्ने बताए। एक दिनको पैदल यात्रा गरेर सिँजा क्षेत्रमा पुगेको डा।केसीले बताए। जतिको बिरामीको चाप बढ्यो, त्यति दिन हाडसिँजा स्वास्थ्यचौकीमा बस्ने तयारी उनले बताए।

तत्कालिन सिँजा क्षेत्रमा ११ वटा गाविस हालका तीन स्थानीय तहका सबै स्वास्थ्य संस्थामा पुगेर विशेषज्ञ सेवा दिने डा केसीले बताए। डा केसी दुर्गम पुगेर सेवा दिँदा स्थानीय उत्साहित छन्। स्थानीय तहले पनि निकै राम्रो सहयोग गरेको छ।

कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक दामोदर आचार्यले भने, ‘डा। केसी गाउँमा पुगेर सेवा दिँदा स्थानीय निकै खुस भएका छन्, गाउँमा डा। केसी आएको पनि थाहा भएन्। एक्कासी स्वास्थ्यचौकीमा आइपुगेको देख्यौँ।

उहाँसँग उपचार गराउनेको ठूलै भिड लागेको छ।’ सिँजा गाउँपालिका २ का मल्ल जैसी दुई घण्टा हिडेर डा। केसीको सेवा लिन हाँडसिजा पुगेका छन्। ‘लामो समय देखि घुँडा दुखेको थियो। जुम्ला अस्पताल आएर एक्सरे गरेको थिए ।

प्रतिष्ठानमा डाक्टर भेटाउन सकिन । डा। केसी सिँजा आएको खबर सुनेपछि गाँउतिर उपचार गर्नका लागि हाटसिँजा पुगेको हु’ जैसीले भने। डाक्टर केसी हाडजोर्नी सम्बन्धी बिरामीको उपचारका साथै कोरोनाबारे सचेत हुन नागरीकलाइ सुझाव दिँदै आएका छन्।

२२ भदौ २०७७, सोमवार १०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु