एकाबिहानै कन्नडअभिनेत्री रागिनी द्विवेदीलाई प्रहरीले पक्रियो
अदालतमा पेस गर्ने तयारी
कन्नड अभिनेत्री रागिनी द्विवेदीलाई भारतीय प्रहरीको केन्द्रीय अपराध शाखाले पक्राउ गरेको छ।
कन्नड फिल्म उद्योगसँग जोडिएको लागुऔषधको विषयलाई लिएर प्रहरीले उनलाई हिरासतमा लिएको हो।
प्रहरी स्रोतका अनुसार सीबीसीको एक टोली बिहानै उनको निवास पुगेको थियो।
सीसीबीले बुधबार अभिनेत्री द्विवेदीलाई प्रहरीमा हाजिर हुन भने पनि उनले आफ्ना वकिलको टिम पठाएर सोमबारसम्मको समय मागेकी थिइन्। त्यसपछि प्रहरीले उनलाई शुक्रबार उपस्थित हुन भनेको थियो। सीसीबीले उनलाई अदालतमा पेस गर्ने तयारी गरेको छ।
मादक पदार्थ ब्युरो ९एनसीबी० ले बैङ्लोरबाट तीन जनालाई पक्राउ गरेको थियो।
उनीहरूमाथि कन्नड फिल्म उद्योगका गायक र कलाकारलाई मादकपदार्थ आपूर्ति गरेको आरोप लागेको छ। कन्नड फिल्म उद्योगका कम्तीमा १५ जना व्यक्ति मादकपदार्थसँग सम्बन्धित कारोबारमा सामेल रहेको समाचार छ।
उता केही समय पहिले आत्महत्या गरेका भनिएको बलिउड अभिनेता सुशान्तसिंह राजपूतका घरेलु सहायक दीपेश सावन्त पक्राउ परेका छन्।
उनलाई लागूपदार्थ खरिद र कारोबार गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ। यसअघि सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक शमुएल मिरन्डालाई पनि सोही आरोपमा हिरासतमा राखिएको छ।
२२ भदौ २०७७, सोमवार ०६:३७ बजे प्रकाशित





