उद्योगीसँग प्रधानमन्त्रीको छलफल सकियो : विद्युतीय कारमा बढेको कर फिर्ता लिने संकेत
डा. खतिवडाले राजीनामा दिएको २ दिनमै व्यवसायीसँग प्रधानमन्त्रीको भेट
अर्थ मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरुसँग छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले विद्युतीय कारमा बढेको कर फिर्ता लिने संकेत गरेका जनाइएको छ ।
महासंघको तर्फबाट १२ बुँदे सुझाव पेस भएको छलफलमा सहभागी एक व्यवसायीले जानकारी दिए।
महासंघले बजेट मार्फत बढाइएको विद्युतीय गाडीमा बढाइएको भन्सार र अन्तशूल्क घटाउनु पर्ने सुझाव दिएका थिए। त्यसमा प्रधानमन्त्री ओलीले छलफल गर्न तयार रहेको भन्दै फिर्ताको संकेत गरेका हुन् ।
आर्थिक वर्ष २०७७÷०७८ को बजेट मार्फत शुक्रबारमा मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडाले विद्युतीय गाडीको भन्सार र अन्तशुल्क बढाएका थिए।
उनले राजीनामा दिएको २ दिनमै प्रधानमन्त्रीसँग भएको छलफलमा व्यवसायीले यस्तो माग गरेका छन्।
यसैगरी व्यवसायीले ईकमर्स अर्थात् प्रविधिको प्रयोगबाट हुने कारोबार र भुक्तानीलाई सहज बनाउन समेत प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
यसैगरी नयाँ उद्योग स्थापना गर्न चोहेको अवस्थमा अनुमति लिन निकै कठिन भइरहेका भन्दै वातावरणीय प्रभाव मूल्यांकनलगायतका विषय महिनौं लाग्ने अवस्था रहेको भन्दै १ वा बढीमा २ महिना भित्रै अनुमति दिने गरी सहज व्यवस्थाको नीतिगत सुधार गरिदिनसमेत माग गरेका छन्।
२१ भदौ २०७७, आइतवार २०:२० बजे प्रकाशित













