कोरोना अपडेट : एकैदिन थपिए ९८० संक्रमित, ९ को मृत्यु

 

बितेको २४ घण्टामा नेपालमा ९८० जना थप कोरोनाभाइरस सङ्क्रमित फेला परेका छन् भने ९ जनाको कोभिड १९ का कारण ज्यान गएको सरकारले बताएको छ।

यसमध्ये काठमाण्डू उपत्यकामा मात्रै ३५४ जना सङ्क्रमित थपिएका छन्।

काठमाडौंमा आइतबार थपिए २९० कोरोना संक्रमित,

२४ घण्टामा सबैभन्दा धेरै कोभिड-१९ संक्रमितिको सङख्या थपिने जिल्लामा काठमाडौं परेको छ। काठमाडौंमा मात्र २९० जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना कोभिडका संक्रमित थपिएका छन्।

अब नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४६,२५७ पुगेको छ।

गत चौबीस घण्टामा निको हुनेको सङ्ख्या १,८१४ रहेको छ।

हाल देशभरि आइसीयूमा १७४ र भेन्टिलेटरमा २७ जना रहेका छन्।

२१ भदौ २०७७, आइतवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु