सीमा विवाद स् चीनले मस्कोमा भारतसँग वार्ताका लागि पहल थाल्यो

पूर्वी लद्दाखमा जारी सैन्य तनावका बीच चीनका रक्षामन्त्री वेई फेंघेले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग छलफलका लागि समय मागेका छन् ।

‘द इन्डियन एक्सप्रेस’ अखबारमा प्रकाशित समाचारअनुसार दुवै नेताहरु अहिले सांघाई सहयोग संगठन (एससीओ) को बैठकका लागि रुसको मस्कोमा छन् ।

अखबारले चिनियाँ रक्षामन्त्रीले शुक्रबारका लागि छलफल गर्ने पहल गरेको उल्लेख छ ।

अखबारले स्रोतलाई यद्धृत गर्दै गएराति नै भारतीय रक्षा मन्त्रालयले चिनियाँ रक्षामन्त्रीसँग छलफलका लागि अनुमति दिइसकेको छ ।

भारतले छलफलबाटै चीनसँग जारी सीमा विवाद समाधान गर्न सकिने अपेक्षा राखेको जनाएको छ ।

मस्कोस्थित दुवै देशका दूतावासहरुले पनि आफूहरु शुक्रबार आआफ्ना रक्षामन्त्रीहरुको औपचारिक बैठकका लागि आपसमा सम्पर्कमा रहेको पुष्टि गरेका छन् ।

१९ भदौ २०७७, शुक्रवार ११:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु