यी हुन कोरोना जोखीम नरहेका ६ जिल्ला

नेपालका ६ जिल्लामा हाल सक्रिय कोरोना संक्रमितहरु नरहेको पाइएको छ ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले प्रवक्ता गौतमले बिभिन्न ६ वटा जिल्लामा कोरोना संक्रमण नरहेको जानकारी दिए।

उनका अनुसार ताप्लेजुङ, सोलुखुम्ब, डोल्पा, मुस्ताङ, मुगु र हुम्लामा शून्य सक्रिय संक्रमित रहेका छन्।

१२ जिल्ला उच्च जोखीममा

नेपालका १२ जिल्लाहरुमा ५ सय भन्दा बढी कोरोना संक्रमितहरु उपचाररत् रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रवक्ता गौतमका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमित रहेका छन्।

संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ३९४ महिला र ८३४ जना पुरुष रहेका छन्।

आज नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ८१३ रहेको छ। पछिल्लो २४ घण्टामा
१३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ।

१८ भदौ २०७७, बिहीवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु