पब्जीसहित ११८ मोबाइल एप बन्द गर्ने निर्णय

भारतीय सरकारले चर्चित भिडियो गेम पब्जी सहित एक सय १८ मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । यसअन्तर्गत एक सयभन्दा बढी एप चीनमा बनेका छन् । चीनसँगको विवादले साइबर सुरक्षामा पनि असर परेको भन्दै भारतले यस्तो निर्णय गरेको बताइएको छ ।

भारतको सूचना प्रविधि मन्त्रालयले एप्लिकेसन उद्योगलक्षित लगाएको प्रतिबन्ध यो तेस्रो पटक हो ।एप्लिकेसनमाथि लगाइएको प्रतिबन्धले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताहरुको इच्छाको कदर गरेको विश्वास मन्त्रयालयले लिएको छ ।

भारतको साइबर सुरक्षा र राष्ट्रियताका लागि यस्तो निर्णय गरिएको उसले उल्लेख गरेको छ । मोबाइल एपको दुरुपयोग धेरै भएको घटना आएसँगै एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यस्ता एपहरूमा प्रतिबन्ध लगाउनुपरेको मन्त्रालयले बताएको छ ।

भारतले पछिल्लो समय चीनसँग बढेको विवादसँगै चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाउन थालेको छ । उसले अघिल्लो महिनामात्रै चीनका टिकटकसहित ५९ मोबाइल एप प्रतिबन्ध गरेको थियो ।

भारतमा पब्जी गेम निकै चर्चित छ । भारतमा मात्रै यो गेमको सक्रिय मासिक प्रयोगकर्ता चार करोड रहेका थिए ।

१७ भदौ २०७७, बुधवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु