प्रदेश १ का सामाजिक विकास मन्त्रीलाई कोरोना संक्रमण  

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्री घिमिरे आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सक्रिय उनको सोमवार प्रदेश प्रयोगशाला विराटनगरमा पिसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

मन्त्री घिमिरेको सचिवालयका अनुसार १३ भदौमा धनकुटामा स्थापना भएको आइसोलेसन केन्द्रको अनुगमन गरेर फर्केपछि उनलाई झाडापखाला र ज्वरो आउने समस्या देखिएको थियो ।

त्यसपछि स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

१६ भदौ २०७७, मंगलवार ०८:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु