सरकारले भन्यो- कोरोनाबाट बच्ने सेल्फ उपाय खोज्दै गर्नु, सरकारले नधान्न सक्छ
थप ७ को मृत्यु, ८९९ संक्रति थपिए
सरकारले नागरिकलाई कोरोनाबाट बच्ने सेल्फ उपाय खोज्दै गर्न आग्रह गरेको छ ।
अहिलेको दरमा संक्रमण बढ्दै गएको खण्डमा राज्यले आफ्नो साधन स्रोतबाट नभ्याउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले यस्तो बताएका हुन् ।
सोमबार नियमित पत्रकार सम्मेलनमा उनले नागरिकलाई कोरोना भइहालेको अवस्थामा के गार्ने, कहाँ बस्ने जस्ता सेल्फ उपायको पूर्वा तयारी गर्न आग्रह गरेका हुन् ।
थप ७ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक बालिकासहित तीन महिला र ४ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा महोत्तरीमा ४ बर्षिय बालिका, गोरखा र रुपन्देहीका एक एक गरी तीन तीन महिला रहेका छन् ।
त्यस्तै झापा, रौतहट, चितवन भक्तपुरका एक एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।
थप ८९९ जनामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा ३०३ जना महिला र ५९६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता ड. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको बताएका छन् ।
उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । हिजो काठमाडौंका ३७२ जना, भक्तपुरका ४५ जना र ललितपुरका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
१५ भदौ २०७७, सोमवार १७:०० बजे प्रकाशित





