प्रधानमन्त्री दुई जना हुँदैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुई जना अध्यक्ष भएजस्तै प्रधानमन्त्री दुई जना नहुने बताएका छन्।

‘अहिलेको व्यवस्था बुझ्न सक्नुपर्छ, पार्टीमा अध्यक्षमण्डल हुन्छ, दुई जना अध्यक्ष हुन्छ’, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष  भने, ‘तर सरकारमा प्रधानमन्त्री मण्डल हुँदैन, दुई जना प्रधानमन्त्री वा दुई जना राष्ट्रपति हुँदैन।’

ओलीले कार्यकारी अधिकरासहित प्रचण्डले पार्टीको जिम्मेवारी सम्हाल्ने र आफुले प्रधानमन्त्रीको हैसितमा सरकारको नेतृत्व गर्ने सहमति भएको बताए।

‘मंसिरमै हामीले एउटा समझदारी गरेका थियौं, बिचमा केही तलमाथि भएपनि हामी त्यसमै छौं’, ओलीले भने, ‘पार्टीमा दुई जना अध्यक्ष छौं, कार्यकारी अध्यक्षका हिसावले मुख्यत सहमतकिा आधारमा पार्टी सञ्चालन गर्नुहुन्छ, म पनि उहाँसँग सरसल्लाह गरेर प्रधानमन्त्रीको अथोरिटीसहित सरकार चलाउँछु।’

प्रधानमन्त्री ओलीले सहमतिमै पार्टीको महाधिवेशन हुने बताए।‘पार्टी एकता एकछिनका लागि गरेको होइन, अलि पर्तिर जाउँ अनि आफ्नो आफ्नो बाटो लागौं भनेर गरेको होइन’, ओलीले भने, ‘पाँच वर्ष स्थिर सरकार सञ्चालन गर्न र परिवर्तनका लागि हो।’

१३ भदौ २०७७, शनिवार २०:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु