वीरगन्जमा निषेधाज्ञा उलंघन : भारत आवतजावत रोकिएन

कोभिड १९ नियन्त्रणका लागि चार महिनाको लामो लकडाउन र एक महिनाभन्दा बढीको निषेधाज्ञाले गर्दा यति खेर पर्सा र बारा जिल्लाका जनतालाई जिविकोपार्जन गर्न निकै नैं कठिनाई भएको छ ।

चैत्र १० गते देखिको निषेधाज्ञा, सीमा नाकामा कडाई गरिनुका साथै शिल गर्न सरकारले पत्रचार गरे पनि पर्सा र बारा जिल्लाका स्थानीयले उलंघन गरिरहेका छन् ।

निषेधाज्ञा उलंघन बारे बिभिन्न सञ्चार माध्यममा समाचार आएसँगै सशस्त्र प्रहरीका डिआइजीले आँफै आएर पर्सा र बारा जिल्लाको सिमाना क्षेत्रको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले उलंघन गर्नेलाई कडा कारवाही गरिने जानकारी गराएका थिए । तर, पनि अहिले सो कुरा लागु भएको देखिदैन ।

पर्सा जिल्लामा साउन १० गते देखि जारी गरिएको निषेधाज्ञालाई थप कडाई गर्दै नेपाली सेना समेत परिचालन गरिएको छ । भने वीरगन्ज बजार पूर्ण रुपमा बन्द रहेको छ ।

व्यवसाय गर्न नपाउँदा बिरगंजका व्यापारीहरू यति खेर मर्कामा परेका छन् । तर, स्थानीयहरू चोर बाटो हुँदै लुकी छिपी सिमा क्षेत्रमा आवत जावात गरिरहेका छन् ।

निषेधाज्ञा उलंघन गर्दै स्थानीयहरूले सिमावर्ती सहर रक्सौलस्थित भारतीय बजारमा गएर दैनिक उपभोग्य बस्तु खरिद गर्ने गरेका छन् । भने कतिपए स्थानीयहरू लुकी छिपि आफ्नों आफन्त कहाँ आउने जाने समेत गरेका छन् ।

वीरगन्ज बजार बन्द भएकाले दैनिक उपभोग्य बस्तुहरू चामल, दाल, चिनि, तथा कृषि प्रयोजनका लागि किटनाशक, मल लगायतका सामग्री खरिद गर्नका लागि आफुहरु चोर बाटो हुदै लुकी छिपी रक्सौल बजार जान बाध्य रहेको स्थानीयहरूको भनाई रहेको छ ।

पर्सा जिल्लामा अहिले दुई हजार जना भन्दा बढी कोरोना संक्रमणको चपेटामा परेका छन् भने ३० जना भन्दा बढीको मृत्यु समेत भईसकेको छ ।

कोरोना नियन्त्रणका क्रममा यति खेर वीरगन्ज बजार बन्द हुदा चोर बाटोबाट नेपाली जनता भारतीय बजार पुगेपछि अहिले रक्सौलमा निकै नैं चहल पहल देखिन्छ । यदि सम्बन्धित निकायले समय मैं ध्यान नदिने हो भने यसले पर्सा, बारा जिल्लामा झन् जिखिम बढाउने संकेत देखिन्छ ।

१३ भदौ २०७७, शनिवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु