इश्वर पोखरेल र बादललाई कोरोनाको आशंका, हाल दुबै होम आइसोलेसनमा

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन्।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका हुन्।
ु‘उहाँहरू दुबै जना छाउनी गइरहनुहुन्छ। भित्र(बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भयो,ु स्रोतले भन्यो, आजै थाहा भएकाले होम आइसोलेसनमा बस्नुभएको छ। अब पिसिआर परिक्षण पनि हुन्छ होला।’
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ।
भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापाकै कारण १८ गते बस्ने भएको छ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेसनमा बसेका कारण बैठक १३ गतेका लागि बोलाइएको थियो।
बैठकमा नेकपा विवाद समाधानको सुझाव दिन गठित कार्यदलको प्रतिवेदनबारे छलफल हुने भनिएको थियो।
१२ भदौ २०७७, शुक्रवार १६:०३ बजे प्रकाशित