काठमाडौंमा निषेधाज्ञा १५ गतेसम्म थपियो
काठमाडौंमा स्थानीय तहरुले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ।
उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले काठमाडौं उपत्यकामा कोभिड(१९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यसअघिको निर्णभदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो।
संक्रमणको दर अझै पनि कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको श्रेष्ठले बताए।
यस्तै बैठकले निषेधाज्ञा पनि भदौ १५ गतेसम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णयसमेत गरेको छ।
८ भदौ २०७७, सोमवार १९:१५ बजे प्रकाशित




