कोरोनाबाट दिनकै ८/९ जना मर्न थाले

आइतबार एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु भएके छ । मृतकको कुल संख्या १५४ पुगेको छ । कोरोनाबाट पछिल्लो समय दैनिक ८/९ जना मर्न थाले का छन् ।

पछिल्लो विवरणअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरसबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

साउन २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार साँझ ५ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रतिष्ठनका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए ।

मृतकमा उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको उनले बताए ।

७ भदौ २०७७, आइतवार २०:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु