विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु

आइसोलेसन बेड अभावमा घरमै बसिरहेका विराटनगरका संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौमा स्वाब संकलन गरेर जाँच गर्दा ३ भदौमा पोजेटिभ रिपोर्ट आएको थियो ।

रिपोर्ट पोजेटिभ आए पनि उनी बेड अभावका कारण आइसोलेसनमा भर्ना हुन पाएका थिएनन् ।

घरमै रहेको अवस्थामा बिहीबार राति उनको मृत्यु भएको विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष विजय कामतले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप र मधुमेह रोगको समस्या थियो ।

‘आइसोलेसन बेड अभाव भएका कारण लैजान पाइएको थिएन,’ उनले भने, ‘बिहीबार राति करिब ८ बजे घरमै मृत्यु भयो ।’

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

आज बिहान ललितपुरको पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ । आजै रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा पनि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

५ भदौ २०७७, शुक्रवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु