वीरगन्जमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १ सय १७ पुग्यो

पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।

वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका विर्ताका ८६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

मृतक वृद्धमा कोरोनासँगै निमोनियाको पनि समस्या रहेको नारायणी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनी साउन २३ गते अस्पताल भर्ना भएकोमा २६ गते कोरोना पुष्टि भएको थियो ।

एकै दिन एक सयभन्दा बढी कोरोना संक्रमण भेटिन थालेको पर्साको वीरगञ्जमा भयावह अवस्थाको सृजना हुन थालेको छ । मंगलबार राति पर्सामा थप एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सामा मंगलबार राति थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा उनीको कोरोना पोजेटिभ देखिएको हो ।

मंगलबार रातिको परीक्षणमा पर्साको बहुदरमाइ नगरपालिकामा मात्रै थप ९० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै वीरगन्जस्थित नारायणी बयोधा अस्पतालका ६ जना कर्मचारीमा, जीराभवानी गाँउपालिकामा ४ जना, छिपहरमाइ गाँउपालिकामा १ जनामा, वीरगन्ज महानगरपालिकामा ६ जनामा र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका ४४ वर्षीय १ जना पुरुषमा पनि संक्रमण भेटिएको हो।

योसँगै पर्सामा कोरोना संक्रमितको संख्या एक हजार सात सय दुई पुगेको छ।

३ भदौ २०७७, बुधवार ११:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु