बर्दियामा दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि
बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलाम गएका सबैलाई क्वारेन्टिनमा राख्ने र संक्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए।
संक्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए।
३ भदौ २०७७, बुधवार ०७:४६ बजे प्रकाशित





