गुल्मीमा ७ सय भन्दा बढी घरधुरी भूमिहीन

गुल्मीमा ७ सयभन्दा बढी घरधुरी भूमिहीन रहेको तथ्य प्रकाशमा आएको छ । जिल्लामा १५ सयभन्दा बढी घरधुरी अव्यवस्थित र असुरक्षित बस्तीमा छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोग गुल्मीले जिल्लाका १२ वटै गाउँपालिकाबाट संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लामा दलित समुदायका ३२९ घरधुरी भूमिहीन छन् । यस्तै, अन्य समुदायका ३८९ घरधुरी भूमिही पाइएको हो । जिल्लामा कुल ७१८ घरधुरी भूमिहीन सुकुम्वासी रहेको आयोगको जिल्ला कार्यालयले जनाएको छ ।

जिल्लाका एक हजार ५३९ घरधुरी अव्यवस्थित र असुरक्षित बस्तीमा बसोबास रहेको आयोगले जनाएको छ । गुल्मीस्थित आयोगकी विज्ञ सदस्य शान्ता पोखरेलका अनुसार कालीगण्डकी गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकामा दलित समुदायका एक परिवार पनि भूमिहीन सुकुम्बासी छैनन् ।

सबैभन्दा बढी भूमिहीनको बसोबास मालिका गाउँपालिकामा पाइएको छ । सो गाउँपालिकामा दलित समुदाय ६० घरधुरी दलित र ५७ घरधुरी अन्यसहित १२७ घरधुरी भूमिहीन सुकुम्बासी पाइएको हो । सबैभन्दा बढी अव्यवस्थित र असुरक्षित बस्ती पनि मालिका गाउँपालिकामै पाइएको छ, जहाँ ३५३ घरधुरी अव्यवस्थित र असुरक्षित बस्तीमा छन् ।

सत्यवती गाउँपालिकामा अन्य समुदायका भूमिहीन सुकुम्बासी १९, दलित समुदायका ३० छन् । यस्तै, चन्द्रकोट गाउँपालिकामा अन्य समुदायका ३६ र दलित समुदायका २३ भूमिहीन छन् ।

गुल्मीदरवार गाउँपालिकामा अन्य समुदायका २९ घरधुरी भूमिहीन छन् जहाँ एकजना पनि दलित भूमिहीन छैनन् ।

इस्मा गाउँपालिकामा अन्य समुदायका ४६ घरधुरी भूमिहीनको सूचिमा छन् भने त्यहाँ एक घर पनि दलित समुदायका भूमिहीन सुकुम्बासी देखिएका छैनन् ।

मुसिकोट नगरपालिकामा २७ अन्य समुदायका र दलित ९० सहित ११७ घरधुरी भूमिहीन सुकुम्बासी छन् ।

कालीगण्डकी गाउँपालिकामा अन्य समुदायका ८ घरधुरी भूमिहीन छन् भने दलित समुदाय एक परिवार पनि भूमिहीन देखिएका छैनन् ।

धुर्कोट गाउँपालिकामा ६४ अन्य समुदायका भूमिहीन सुकुम्बासी छन् भने दलित समुदायको उल्लेख छैन ।

छत्रकोट गाउँपालिकामा दलित बाहेक २७ घरधुरी भूमिहीनको सूचीमा छन् ।

रेसुङ्गा नगरपालिकामा ४३ घरधुरी अन्य समुदायका र ४३ दलित समुदायका सहित ८६ घरधुरी भूमिहीन सुकुम्बासी छन् ।

मालिका गाउँपालिकामा अन्य समुदायका ५७ र दलित समुदायका ६० सहित ११७ घरधुरी भूमिहीन छन् ।

मदाने गाउँपालिकामा अन्य समुदायका २९ र दलित समुदायका ७३ सहित १०६ घरधुरी भूमिहीन छन् ।

रुरुक्षेत्र गाउँपालिकामा ४ घरधुरी अन्य र १० घरधुरी दलित समुदायका सहित १४ घरधुरी भूमिहीन रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।

७ असार २०७८, सोमवार १५:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु