सिन्धुपाल्चोकमा ज्यान गुमाउने दुवैजना चिनियाँ नागरिक

३ असार, काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने दुवै जना चिनियाँ नागरिक भएको खुलेको छ ।
मृत्यु हुनेमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गोंगको शव इन्द्रवती नदी र यु ची झुको सिन्धुलीमा भेटिएको बताए । उनका अनुसार दुवै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।
‘उहाँहरुबारे थप विवरण खोज्ने काम भइरहेको छ’ पोखरेलले भने । घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।
३ असार २०७८, बिहीवार १५:१७ बजे प्रकाशित