दुई राजदूतले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई राजदूतले शपथ लिएका छन् ।

राष्ट्रपति भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

१३ फागुन २०७७, बिहीवार १८:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु