बढुवा भएका डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीमा एसएसपीबाट डिआईजीमा बढुवा भएका ९ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाएका छन्।

आईजीपी शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच ९ जना डिआईजीलाई फूली लगाइदिएका हुन् ।

गृह मन्त्रालयले बुधवार मन्त्रीस्तरको निर्णयबाट बढुवा सिफारिस भएका एसएसपीहरु गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्यलाई डिआईजीमा बढुवा गरेको थियो ।

बढुवा भएका ९ जना अधिकृतलाई आज फूली लगाइएको हो। समारोहमा बोल्दै आईजीपी थापा क्षेत्रीले पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।

पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै डिआईजी पुरुषोत्तम कंडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति थियो ।

२३ पुस २०७७, बिहीवार १८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु