हाइप्रोफाइल ट्वीटर ह्याकमा बेलायतका १९ वर्षीय युवकमाथि आरोप

बेलायतको दक्षिणी तटीय क्षेत्र बोग्नोर रजिस निवासी एक १९ वर्षीय युवकसहित ३ जनामाथि ट्वीटर ह्याक गरेको आरोप लागेको छ । अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका अनुसार क्यालिफोर्नियाका अधिकारीहरुले मेसन शेफर्डसहित ओर्लान्डोका एक २२ वर्षीय युवक र टाम्पा निवासी एक १७ वर्षीय किशोर विरुद्ध उजुरी दर्ता गरेका हुन् ।

बेलायतको नेसनल क्राइम एजेन्सी ९एनसीए० ले प्रहरीसँग मिलेर बोग्नोर रजिसको एक ठेगानामा खोजतजास गरेको पुष्टि गरेको छ । अमेरिकी अधिवक्ता डेभिड एल एन्डरसनले उनीहरुको पक्राउले ‘रामाइलो या फाइदाका लागि गरिएको ह्याकिङ’ ले सही नतिजा नदिएको बताए ।

गत १५ जुलाईमा बिटक्वइन स्क्यामअन्तरगत अमेरिकाका हाइप्रोफाइल व्यक्तित्वहरुको ट्वीटर एकाउन्ट ह्याक भएको थियो ।

यसमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, अमेजनका प्रमुख जेफ बेजोस, टेस्लाका संस्थापक एलन मस्क, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, डेमोक्रेटिकका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन, रियालिटी स्टार किम कार्डासियन आदि रहेका थिए । उनीहरुको एकाउन्ट ह्याक गरी बिटक्वइन डोनेसनका लागि आह्वान गरिएको थियो ।

१७ साउन २०७७, शनिवार २१:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु