कीर्गिस्तान – ताजिकिस्तान द्वन्द्वमा ३१ सर्वसाधारण मारिए, १६० घाइते
कीर्गिस्तान – ताजिकिस्तानबीचको गत साताको द्वन्द्वबीच १६० जनाभन्दा बढी घाइते भएका छन् भने ३४ जना मृतमध्ये ३१ जना सर्वसाधारण मारिएका छन्।
दुवै पक्षबीच पटकपटक जमिन र पानीका लागि भइरहने झगडामा सेना पनि संलग्न हुन्छन्।
गत बिहीबारको झडप दुवै देशको ३० वर्षे स्वतन्त्रता इतिहासमा निकै ठूलो हो। शनिबारबाट भने दुवै पक्षबीच युद्धविराम भएको छ।
२० वैशाख २०७८, सोमवार २०:०१ बजे प्रकाशित













