अमेरिकाले २४ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगायो

वासिङटन स् साउथ चाइना सी क्षेत्रमा बेइजिङको क्षेत्रीय दावी बढाउन सहयोग गर्ने २४ चिनियाँ कम्पनीहरुमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

विवादित समुद्री क्षेत्रमाथि अमेरिकाको यो पहिलो कारवाही हो । जसले गर्दा दुई देशबीच तनाब झन् बढाउने अपेक्षा गरिएको छ ।

बुधबार अमेरिकी वाणिज्य विभागले विज्ञप्ति निकाल्दै ‘चाइना कम्युनिकेशन्स कन्स्ट्रक्सन कम्पनी, सीसीसीसी’ सहित २४ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

ती कम्पनीहरुले साउथ चाइना सी क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा निषेधित कृत्रिम टापुमा सैन्यकरणको कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने बताइन्छ ।

दक्षिण चीन सागरमा समुद्री मार्गलाई लिएर पछिल्लो समय चीन र अमेरिकाबीच तनाब बढ्दै गएको छ ।

१२ भदौ २०७७, शुक्रवार १८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु