जापानका प्रधानमन्त्री आबेद्धारा राजीनामा घोषणा

जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै राजीनामा घोषणा गरेका छन् ।
आबेलाई अल्सरेटिभ कोलिटिस नामक रोग लागेको र हालैका दिनमा उनी अस्पताल गइरहनुुपरेको थियो । पछिल्लोपटक उनी अस्पतालमा लगभग आठ घन्टा बसेका थिए ।
सन् २००७ मा पनि उनलाई यही रोगले कार्यकालको एक वर्षमै राजीनामा दिन बाध्य बनाएको थियो ।
आबेको कार्यकाल सेप्टेम्बर २०२१ सम्म भए पनि स्वास्थ्यका कारण समयअगावै उनले राजीनामा दिएको घोषणा गरेका छन् ।
१२ भदौ २०७७, शुक्रवार ११:५७ बजे प्रकाशित