जर्मनीको बर्लिनस्थित हाइवेमा भयानक सडक दुर्घटना
जर्मनीको राजधानी बर्लिनमा एक राष्ट्रिय राजमार्गमा भीषण सडक दुर्घटना भएको छ ।
उक्त घटनाका कारण ६ जना घाईते भएका छन् जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
जर्मनीको समाचार एजेन्सी डीपीएले मंगलवार राष्ट्रिय राजमार्गमा एक पछि अर्को गाडीहरु एकआपसमा ठोक्किँदा यो दुर्घटना भएको हो ।
रिपोर्टका अनुसार अधिकारीहरु अहिले यो घटनाको छानबिनमा जुटेका छन् ।
४ भदौ २०७७, बिहीवार १२:१८ बजे प्रकाशित





