माइतिघरको प्रदर्शन गच्छदारको बचाउमा होइन (भिडियो)
नेपाली कांग्रेसका भातृ संगठनहरुले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई कारवाहीको दायरामा नल्याएको भन्दै सोमबार पनि बिरोध प्रदर्शन गरेका छन् ।
नेपाल महिला संघले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारले छानी छानी आफ्ना नेतालाई मात्र मुद्धा लगाएको आरोप समेत लगाए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कदमको विरोधमा आयोजित विरोध सभामा उनीहरुले पूर्वमुख्यसचिव लीलामणी पौडेललाई पनि अख्तियारले छानबिन गर्नुपर्ने माग गरे ।
मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री र मुख्यसचिवलाई उन्मुक्ति दिएर मन्त्री र सचिवलाई मात्रै दोषी देख्नु आपत्तिजनक भएको उनीहरुको भनाइ थियो । आफूहरु उपसभापति विजयकुमार गच्छदारको बचाउका लागि नआएको दोहो¥याउँदै अख्तियारको विभेदको विरोध गर्न आएको उनीहरुले बताए ।
गत बुधबार अख्तियारले पार्टी उपसभापति गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसका भातृसंगठनले विरोध प्रदर्शन गर्दै आएका छन् ।
भिडियो हेर्न यहाँ किल्क गर्नुहोस
२६ असार २०७७, शुक्रवार १३:३० बजे प्रकाशित












