आग्राका जयराम कार्की हास्य कलाकार हुँदै मोडलिङमा

३ असोज, काठमाडौं । ‘तिमि बिनाको यो शहरमा’ बोलको गित अहिले बजारमा चर्चामा छ । मकवानपुर आग्राका चर्चित हास्य कलाकार जयराम कार्की अभिनित नयाँ आधुनिक गीतको भिडियोमा रिया,रमा,लगायत,अन्य कलाकारहरु प्रस्तुत भएका छन् ।

तत्कालीन आग्रा गाउँ विकासमिति हालको थाहा नगरपालिका ७ घर भइ काठमाडौं बस्दै आएका कार्की कलाकार हुँदै मोडलिङमा लागेका हुन् ।

श्रीमतीको मृत्युको वियोगमा धेरै भौतारियको आफ्नो छोरा आमा बिना टुहुरो हुदाका पिडा थपिदै गएको विषयलाई गीतले अंगालेको छ ।

श्रीमती नहुदा छोरा टुहुरो हुने नै भए, त्यसबेला आफुलाई समाल्न निकै गाह्रो भएको प्रसंगले गीतलाई मार्मिक बनाएको छ ।

आफ्नो छोरालाई समाल्नु पर्ने निकै पिडामा भौतारिएका जयराम श्रीमतीको मृत्यु अघिको त्यो रमाइलो पल सम्झाउदै आफ्नो छोराको अनुहार हेर्दे आफ्नो जिबन चुरोटको नसामा बिताई रहेको कथालाई समेटेर कार्कीको मोडलिङ्गमा रहेको गीत बजारमा छाई रहेको छ ।

कलाकारितामा रुचिभएको जयराम लामो समय देखि भद्रगोल टेलीसिरिएलमा अभिनय गर्दै आएका छन् , भने कयौ म्युजिक भिडियो सार्बजनिक भईसकेका छन् ।

भिडियो 

 

३ असोज २०७५, बुधवार १३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु