काठमाडौँ, २८ फागुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य–सचिव युवराज लामाको अध्यक्षतामा आज अखिल नेपाल खेलकुद महासङ्घ गठन भएको छ ।
उहाँको अध्यक्षतामा १५२ सदस्यीय गठन गरेको उहाँद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । महासङ्घको उपाध्यक्षमा अर्जुन केसी, पहलसिंह घर्ती, कुसुमकुमारी श्रेष्ठ, जनक बर्तौला, शर्केस घल्लान र हरि खड्का हुनुहुन्छ भने महासचिवमा शिव कोइराला तथा उपमहासचिवमा गजेन्द्र खपाङ्गी (ईश्वर) हुनुहुन्छ ।
त्यसैगरी सचिवमा किरण राई, किरण गिरी, दिवस खड्का, राजकुमार कार्की, सञ्जीव पाण्डे, तिलक चौधरी, प्रकाशलाल श्रेष्ठ, उत्तम गुरुङ, मञ्जु बम, सुरज डिसी, जीवन खाती, रेशम रसाइली, राजकुमार मण्डल र रवीन्द्र श्रेष्ठ हुनुहुन्छ ।