‘मैले भनेको मान्यौ भने १ बर्षमा घर/घडेरी’

काठमाडौं । बिहान कलेज जान पाइयोस्, दिउँसो ऐस आरामको जागीर । पढाई नब्रिग्रने, खर्च धान्नकै लागि परिवारसँग भर पर्नु नपर्ने ।

यस्तै कल्पना गर्दै आफ्नो ‘करियर’ खोज्न काठमाडौं आउने एसईई र प्लस टु पछिका धेरै युवा/युवतीहरुमध्ये एक हुन नुवाकोटकी सविता (नाम परिपर्तन) । उनी २०७३ सालमा प्रविणता प्रमाणपत्र तह (प्लस टु) पास गरेर काठमाडौं आइन् । सविताकी दिदि पहिले देखि नै काठमाडौं बालाजु बस्ने, भेनाजु जागीरको शिलशिलामा मलेसिया । तिनै दिदिकहाँ बसेर पढ्ने सोच सविताको, परिवारले त्यहि भनेर राजधानी पठाए ।

दिदिको दैनिकी – छोरीलाई बिहान स्कुल पुर्याउने, बेलुकी लिन जाने, दिउँसो कुनै एउटा अफिसमा खाजा/खाना बनाउने काम गर्ने । तिनै दिदिसँग सविताले आफुलाई पनि जागीर खोजिदिन आग्रह गरिन् । भन्दा वित्तिकै काम भेट्याउने कुरा भएन ।

दिदिको डेरा नजिकै पत्रिका पसल थियो । सविता काठमाडौं आएपछि पत्रिका पढ्न थालिन । समाचारमा भन्दा उनको ध्यान ‘कर्मचारी आवश्यकता’ भनेर कहाँ लेखेको छ ? भन्नेतिर केन्द्रीत हुन्थ्यो । कारण– आवश्यक पर्यो जागीर ।

घरकाले बिहे गरिदिने कुरा समेत चलाइसकेका थिए, पढ्नु पर्छ आफैँ कमाएर भएनि पढ्छु भनेर काठमाडौं आएकी, जागी नपाए त के पो गर्ने हो ? सविताको मनमा यस्तै चिन्ता । पत्रिकामा कर्मचारी चाहियो भनेर छापिने विज्ञापनमा योग्यता हेर्ने र फोन डायल गरिहाल्ने सविताको काठमाडौं आएपछिको केही समय दैनिकी जस्तै भयो । तर, उनी हैरान भइन् ।

पत्रिका हेर्यो हरेक दिन ‘आवश्यकता’ शिर्षकमा कर्मचारी मागेको माग्यै हुन्छ । कान्तिपुरको एक पेज पुरै त्यहि ‘चाहियो’ र ‘आवश्यकता’ शिर्षकले भरिएको हुन्छ । जहाँ एसईई र पल्स टु पास गरेकाहरुलाई प्राथमिकता भनिएको हुन्छ त्यस ठाउँमा उनको नजर पुगिहाल्थ्यो । तलब १५ हजार, २० हजार, ४० हजार, जति पनि कमाउने सक्ने, यस्तै यस्तै लेखिएका हुन्छन् ।

अफिस कहाँ हो भन्दै खोज्दै, ठाउँ नचिन्दा सवितालाई अफिस खोज्न पनि गाह्रो । बल्ल बल्ल अफिस पुग्यो, काम राम्रो छ, कोटा सिमिति छ भनेर रिसेप्सनिष्टले फारम तेर्साउँदै भन्छ– फर्म भर्नुस, यसको तीन सय लाग्छ, पाँच सय लाग्छ ।


थाहा पाए भने के – के भनीछ भन्लान । यहाँ काम गर्न खाली केटीहरु आउँछन तर, कोही टिक्दैन । म अन्त काम नपाएर मात्रै बसिरहेकी छु । सर त्यस्तै हुन क्या ।

सविताले केही त्यस्ता अफिसहरुमा पुगेर फारम पनि भरि र अन्तरवार्ता दिने, तालिम लिने पनि गरि । तर, अधिकांस काम कस्मेटिक सामान बेच्ने, आर्युवेदिक नामका औषधि बेच्ने, पुस्तकहरु बेच्ने आदि । तालिममा कपाल नहुनेलाई काइंयो बेच्न सक्नुपर्छ । त्यसै हुन्छ कमाई ? भन्दै कसरी मान्छेहरुलाई कन्भिन्स गराउने भनेर सिकाउने ।

यस्तोमा करिब एक महिना अल्झिएपछि अब यस्ता विज्ञापनको केही भर नहुने रहेछ भन्नेमा पुगिन सविता । एक महिनाको बीचमा सात वटा अफिसमा काम गर्छु भनेर फर्म भरिसक्दा समेत आशा गरेको जस्तो नभएपछि अब भनसुनबाटै काम खोज्ने निष्कर्षमा पुग्छिन र दिदिलाई सम्झाउँछिन खै त मलाई काम खोजिदिएको ?

‘अफिसका सरहरुलाई भनेको छु, मलाई काम लगाइदिने सरलाई पनि भनेको थिएँ भन्दै सविताकि दिदिले आफुलाई काम लगाइदिने दिनेश सर(नाम परिवर्तन)लाई फोन गर्छिन र भन्छिन, ‘बहिनी छिन काम लगाइदिन पर्यो भनेको थिएँ नि के भयो भनेर …..

दिनेश सर भोली कामका लागि अफिसमै बुझ्न जानु भनेर मोबाइल नम्बर दिन्छन् । दिदिलाई अफिसमा काम लगाएदिने सरले काम बुझ्न अफिसमै जानु भनेर नम्बर दिएपछि फुरुङ्ग भइन सविता । भाइबहिनीलाइ पढाउने/आमा बुवालाई पैसा पठाउने यस्तै तानाबुना मनमा खेलाउन थालिन । काठमान्डौैं आएको केहि महिना बितिसकेको थियो । जागिर पाउने भएँ भन्दै त्यो दिन निकै खुसी भई न सविता ।

……………………………………………

शुक्रबारको दिन थियो । दिनेश सरले भनेअनुसार बालाजुबाट काम बुझ्नलाइ बालकुमारी स्थित एक अफिसमा पुगिन । अफिसमा केहि महिला/पुरुष कर्मचारी थिए । सविता जस्तै जागिर बुझ्न अर्की केटी पनी आएकी रहिछ ।

केहिबेरको कुराइपछि हाकिम आए र भने, ‘फिल्डतिरै जाउँ, काम पनि बुझिन्छ, सिकिन्छ र बाकी कुरा उतै गरौँला ।’ दिदिलाई काम लगाइदिने सरले पठाएको विश्वास नगर्नुपर्ने कारण थिएन । सविता र ति अर्की केटी हाकिमका पछि पछि लागे ।

फिल्डका कुरा

करिब २० मिनेट पैदल हिँडेपछि खुला जमिनमा रा पुग्छन र हाकिम जग्गा नाप्न थाल्दछन् । हाकिमले फित्ताहरु समाउन लगाए र केही टोपोट पनि गरे । आधा जतिमा जग्गा नाप्ने काम सकियो ।
त्यसपछि उभिएरै हाकिम र दुई युवतीबीच कामको विषयमा कुराकानी हुन्छ ।

किशोरी – सर हामीले गर्ने काम यस्तै हो ? कति घण्टा काम गर्नुपर्ने हो, तलब कति पाइन्छ ।

हाकिम – तलब आठ हजार, काम यस्तै जग्गा नाप्ने । समय चाहिं यति नै भन्ने हुदैन । तालिम लिनुपर्छ, एक हप्ता/दश दिन तालिम लिएको पैसा पाउदैनौ ।

किशोरी – हुन्छ ।

हाकिम – तिमिहरुलाई मेरो एउटा प्रश्न छ ।

किशोरी – अन्तरवार्ता पनि यहिँ हो सर … हा हा

हाकिम – यहिँ हो । मैले काम दिएपछि तिमिहरुले मलाई के दिन्छौ ?

किशोरी – समय दिन्छौं सर । काम लिनु पैसा दिनु । तालिम लिएको अवधीको त मिल्दैन क्यारे …

हाकिम – मेरो मतलब, बुझेनौं है , मेरो खुसीका लागि के दिन्छौ ? भनेको …

किशोरी – भन्यौं त, हामी काम गर्नका लागि कति समय लाग्छ समय दिन्छौं । काम दिनु् र काम अनुसारको दाम दिनुस । राम्रो काम गरेर तपाँईलाई खुसी दिन सक्छौं । अरु के भन्न खोज्नु भएको थाहा भएन, गलत अर्थ लगाउन खोज्नु भएको हो भने हामी त्यस्ता केटीहरु होइनौं ।

हाकिम– काम गरिहाल्छौ । यत्तिको फुर्तिला छौ, जोश जाँगर पनि देखाउला जस्ता छौं । तर, मैले भनेको मान्यौ भने एक बर्षमा घर/घडेरी जोड्न सक्छौ, मान/पद/प्रतिष्ठा कमाउन सक्छौ । अगाडि बढ्ने धेरै मौकाहरु प्राप्त गर्न सक्छौ । तिमिहरुका हरेक आवश्यकता मै पुरा गरिदिन्छु । काम यहि हो र कहिलेकाहीँ मसँग घुम्न जानुपर्छ । घुम्नै जाने कुरा न हो, बुझी हाल्छौ, सोझो हातले घिउ आउँदैन । सोच, बेला यहि हो ।

किशोरी– इज्जत फालेर काम गर्नु छैन् । तर, हामीलाई जागीर चाहिएको छ ।

हाकिम– मलाई पनि काम गर्ने मान्छे चाहिएको छ । यस्ता कामहरु आइरहेका छन्, भ्याइएको छैन् ।

किशोरी– हामी सल्लाह गर्छौं । तर, गलत काम गर्दैनौं सर ।

हाकिम– हुन्छ, सल्लाह गर । मेरो कुराको गलत अर्थ नलगाउ, अर्काले के भन्छ नसुन । भोलि आउ, अफिसमा बसेर कुरा गरौंला । आज काम नै देखाउँ भनेर आइयो, तिमीहरुसँग कुरा पनि हुन्छ, काम पनि देख्छौ भनेर आज यतै जाउँ भनेर आइयो । समयको ख्याल गर, बिहान ६ देखि बेलुकी ५ बजेसम्म समय दियौ भने काम छिटो सिक्न सक्छौ ।

दुई किशोरीले भोलिपल्ट अफिस जाने निर्णय गरे । मान्छे त्यस्तै हो कि के हो ? बुझौँ न सविताले पनि भनी ।

………………………………………

शनिबारको दिन । कोठामा दिदिलाई शनिबार पनि आउनु,तालिम लिनुपर्छ भनेका छन् भन्दै सविता र अर्की केटी ति हाकिमको अफिस गए । बिहान ९ बजेतिर अफिस पुग्दा एक महिला थिइन् ।

सामान्य औपचारिक कुराकानी पछि दुई किशोरीले अधवैशेँ महिलासँग हाकिमको स्वभावको विषयमा कुरा गरे ।

किशोरी– दिदि यो अफिसको हाकिम कस्ता व्यक्ति हुन् ?

आइमाई– हिजो गएका थियौ नि होइन र ! थाहा भयो होला नि …

किशोरी– हामीलाई स्वभाव ठीक लागेन । काम चाहिएको छ, गलत नजर लगाउने, गलत बिहेव गर्ने भयो भने त राम्रो हुन्न भन्ने लागेर तपाँईलाई सोधेकी ।

आइमाई– तिमिहरुलाई मैले के भन्नु । हाकिमले थाहा पायो भने मैले भड्काएको भन्लान । तर, ति सर त्यस्तै हुन् । मैले काम गर्न थालेको एक बर्ष भयो । समयमा तलब दिँदैनन् । तलब महिनाको ८ हजार छ । घरमा अपाङ्ग श्रीमान हुनुहुन्छ । छोरा छोरी छन् । श्रीमान धुपहरु बेच्नुहुन्छ । घर चलाउनका लागि काम नगरी हुँदैन । यस्तै छ मेरो त ।

किशोरी– केटीहरुलाई नराम्रो गर्छन हो ?

आइमाई– मलाई धेरै यस्ता कुरा नसोध । थाहा पाए भने के – के भनीछ भन्लान । यहाँ काम गर्न खाली केटीहरु आउँछन तर, कोही टिक्दैन । म त अन्त काम नपाएर मात्रै बसिरहेकी छु । सर त्यस्तै हुन क्या ।

उसले भनेको मान्यो भने खुसी हुन्छ । खुसी भएर माया गरे जस्तो गर्छ । अलि केटी मान्छे भनेसी हुरुक्कै हुने खालको छ ।

बाँकी अर्को खण्डमा …..

 

१४ साउन २०७७, बुधवार २०:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु