भिसाको म्याद सकिए पनि साउदीबाट फर्किन जरिवाना नलाग्ने

साउदीबाट फर्किन चाहेका नागरिकलाई भिसा सकिएपनि जरिवाना नलाग्ने भएको छ।

साउदीस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी गर्दै कुनै पनि भिसामा साउदी गएका र फर्किन लागेका नागरिकले जरिवाना तिर्नु नपर्ने जानकारी गराएको हो।

साउदी सरकारले हालै सूचना जारी गरेर कोरोना भाइरस संक्रमणको प्रकोपका कारणले अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुनः प्रवेश भीसा, सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएका यहाँका कुनै पनि प्रस्थान विन्दुबाट स्वदेश फर्कन भिसाको म्याद समाप्त भए पनि कुनै शुल्क वा जरिवाना नतिरी जान सक्ने व्यवस्था गरेको दूतावासले जानकारी गराएको छ।

साउदीको यो निर्णयले हाल फर्किरहेका नेपालीहरु पनि लाभान्वित हुने छन्।

२० असार २०७७, शनिवार ०४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु