बहस रोकेर न्यायाधीशहरु आन्तरिक छलफलमा
संसद विघटन बदर हुने अन्तरिम आदेश आउन सक्ने

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा दुईजना कानुन व्यवसायीको बहस सुनेर न्यायाधीशहरूले आन्तरिक छलफल शुरु गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादव बहस सुरु गरेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
बहसको सुरुमै अभिवक्ता थापालाई न्यायाधीश ईश्वर सोधेका थिए, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ ?’
जसमा थापाले विश्वासको मत नै नलिएको प्रधानमन्त्रीले विघटन गर्नै नपाउनेसहितका आधारहरू प्रस्तुत गरेका थिए ।
शम्भु थापाको बहस सकिएपछि बहस रोकेर प्रधानन्यायाधीश र चारजना न्यायाधीश आन्तरिक छलफलमा जुटेका हुन् ।
आन्तरिक छलफल पछि पुनः बहस शुरु हुनेछ । अन्तरिक छलफलपछि अन्तरिम आदेश दिने नदिनेबारे निर्णय हुनसक्ने बताइएको छ ।
एक न्यायाधीशले भने, ‘दुई जनालाई समय दिएका हौ सुरुमा । अब तेस्रो नआउनुस। हामी पनि छलफल गर्छौ ।’
२६ जेठ २०७८, बुधवार १२:५६ बजे प्रकाशित