कांग्रेसले भन्यो ; प्रदेश ५ मा सत्तारुढ दलले पेल्न खोजेपछि तोडफोड 

कांंग्रेसले प्रदेश ५ को राजधानीका विषयमा सत्तारुढ दलले पेलेर आफ्नो निर्णय लाद्न खोज्दा तोडफोड भएको बताएका छन् ।

मंगलबार प्रदेशसभामा बोल्दै विपक्षी दलका नेता वीरेन्द्र कनोडियाले सत्तारुढ दलले बहुमतको आडमा पेलेर जान खोज्दा मुठभेड भएको प्रष्टिकरण दिएका हुन् ।

‘यदि मुख्यमन्त्रीजीले ३ दिन यो प्रस्तावलाई छलफल गरेको भए यो परिस्थिति निर्माण नै हुने थिएन,’ उनले भनेऽ ‘उहाँहरु मुठभेडमा जानुभयो । बहुमतको दम्भमा पेलेर देखाउँछौं भनेर लाग्नुभयो । संख्यामा सानो होस् चाहे ५ जना होस् चाहे एकजना होस् विपक्षीको सधै‌ं सम्मान गर्नुपर्छ ।’

सरकारको अदूरदर्शिताका कारण संसदीय मर्यादा विपरीतका घटना भएको कनोडियाले बताए । प्रदेशसभामा संसदीय मर्यादा विपरीत भएको तोडफोडको काम दुस्खद भएको उनले बताए । ‘अब यसलाई विस्मृतिमा राखेर नयाँ संवादको थालनी गरौं’ कनोडियाले भने ।

मुख्यमन्त्री शंकर पोखरेलले नयाँ ठाउँमा राजधानी बनाए पनि बुटवल र रुपन्देहीको संवेदनशीलतालाई पनि साथै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएकाले आफूहरु प्रदेशसभामा छलफल गर्न तयार भएको पनि उनले बताए ।

२० असोज २०७७, मंगलवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु