सेक्स गर्दा निको हुन्छ यी ५ प्रकारका विरामी, जान्नुहोस् थप फाइदाहरु
 
			विरामीले सेक्स गर्न हुँदैन भनिन्छ । तर, केही रोगका विरामीले भने यौन सम्पर्क गर्न सकिने बताइन्छ । नियमित हुने सेक्सले मानिसलाई निरोगी बनाउन पनि मद्दत गर्ने छ ।
दबाबमा नभइ स्वतःस्फूर्त हुने यौन सम्पर्कले मानिसलाई विभिन्न रोग लाग्नबाट रोक्ने तथा केही रोगका विरामीले सेक्स गर्न हुने बताइएको छ ।
नियमित सेक्स गर्दा यी रोगका विरामीलाई हुन्छ फाइदा
१ टाउको दुख्ने समस्या रहेकाले नियमित सेक्स गर्दा फाइदा हुने अनुसन्धानले देखाएको छ ।नियमित सेक्स गर्दा टाउको दुख्ने समस्या कम हुने दाबी गरिएको छ ।
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको अने । उक्त सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।
२ उच्च रक्तचाप भएका व्यक्तिले सेक्स गर्न सकिन्छ ।
यस रोगका विरामीले नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने सोधले देखाएको हो । एक अध्ययनकाअनुसार उच्च रक्तचापका विरामीले नियमित सेक्स फाइदाजनक हुन्छ ।
३ नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सर कम हुने अध्ययनहरुको दाबी छ ।
नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।
४ मोटोपनबाट पीडित भएकाहरुले नियमित सेक्स गर्दा पनि फाइदा हुन्छ ।
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउने सहजसहजसिद्ध उपाय हुने शोधकर्ताहरुको भनाइ छ ।
५ निययमित सेक्स गर्दा हृदयघातको समस्या पनि कम हुन्छ । नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ ।
नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने शोधकर्ताहरुले दाबी गरेका छन् ।
२२ साउन २०७७, बिहीवार २१:३१ बजे प्रकाशित
 
						 




